बिहीबार, १३ वैशाख २०८१

नेपाल हाइड्रोको आईपिओ आजबाट खुल्यो

समयपोष्ट २०७४ साउन २७ गते ५:३९

नेपाल हाइड्रो डेभलपरले शुक्रबारबाट ३ लाख ९० हजार कित्ता साधारण सेयर जारी गरेको छ । कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा तीन करोड ९० लाख रुपैयाँ बराबरको सेयर जारी गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीको साधारण सेयरमा आस्बा प्रणाली मार्फत मात्र आवेदन गर्नु पर्नेछ । लगातनीकर्ताले कम्पनीको आईपिओमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

Advertisement

हाइड्रोले यसअघि गत मंसिरमा दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँड गरिसकेको छ ।

सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री