शुक्रबार, १४ वैशाख २०८१

साताको अन्तिम दिन नेप्से  ८.१९ अंकले घट्यो

समयपोष्ट २०७४ साउन २६ गते १०:००

साताको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । वित्तिय समुह र उत्पादनमुलक समुहको परिसुचक बाहेक सबै समुहका परिसुचक राताम्मे भएका छन् । 

Advertisement

बिहीबार नेप्से  ८.१९ अंकले घटेर १६५३.५३ अंकमा झरको छ । यसदिन १६१ कम्पनीको २० लाख कित्ता सेयर ९२ करोड ७९ लाख बराबरमा किनबेच भएको छ । यसदिन नागरिक लगानीकोषको सबैभन्दा धेरै ६ करोड ६४ लाख बराबरको सेयर किनबेच भयो ।  

बिहीबार बाणिज्य बैंक समुह परिसुचक ९.९१ अंकले घटेको छ ।  होटल समुह, बिकास बैंक समुह,जलबिद्युत समुह,बिमा समुह र अन्य समुह परिसुचक ४.४६,१२.३६,२.३७,१६.७५,३.७६ अंकले घटेका छन् । 

बिहीबार प्रोगेशिभ फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ९ प्रतिशतले बढेको छ । ग्रिन डेभलपमेन्ट, सिनर्जी फाइनान्स तथा मिर्मिरेमाइक्रो फाइनान्स लगायतको सेयरमूल्य बढेको छ ।

यसदिन कुवेर मर्चेन्ट फाइनान्सको सबैभन्दा बढी झण्डै दश प्रतिशतले घटेको छ । लक्ष्मी भ्यालु फण्ड एक, वल्र्ड मर्चेन्ट फाइनान्स,ललितपुर फाइनान्स तथा श्री इन्भेष्मेन्ट फाइनान्स लगायतको सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री