शुक्रबार, ७ वैशाख २०८१

बिम्स्टेक बैठक आजदेखि काठमाडौंमा शुरु हुँदै

समयपोष्ट २०७४ साउन २६ गते ५:४३

बिम्स्टेक १५औं मन्त्रीस्तरीय बैठक आजदेखि काठमाडैँमा शुरु  हुँदैछ । दुई दिनसम्म चल्ने मन्त्रीस्तरीय बैठकको छलफलको सत्र भोलिदेखि सुरु हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक उद्घाटन गर्नेछन् । बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नेछन्। बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरुको उपस्थिति रहनेछ। 

Advertisement

मन्त्रीस्तरीय बैठकअघि सचिवस्तरीय बैठक हुनेछ। सचिव स्तरीय बैठक बिहीबार हुनेछ। सचिवहरुको बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्नेछ। 

बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगालादेश, श्रीलंका, म्यान्मार र थाइल्यान्ड सदस्य रहेका छन्। नेपाल सन् २०१५ देखि बिम्स्टेकको अध्यक्षता गर्दै आएको छ। अध्यक्ष राष्ट्रको हैसियतले नेपालले यो वर्ष बिम्स्टेकको सम्मेलन गर्दैछ। सम्मेलनको मिति मन्त्रीस्तरीय बैठकले तय गर्नेछ। 

बैठकमा सदस्य राष्ट्रहरुबीचको व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद नियन्त्रण गरिबी निवारण लगायतका विषयमा छलफल हुनेछ। मन्त्रीस्तरीय बैठकमा भाग लिन सदस्य राष्ट्रका मन्त्री तथा सहायक मन्त्री बिहीबार काठमाडौं आइपुग्ने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री