शुक्रबार, १४ वैशाख २०८१

 लमजुङ जिल्लामा उत्पादित विद्युत सिधैँ केन्द्रीय प्रशारण लाइनमा जोडिने

समयपोष्ट २०७४ साउन २५ गते ६:००

लमजुङ जिल्लामा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ । जिल्लामा २० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर ल्याइएपछि यहाँ उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोड्न लागिएको हो। हालसम्म तनहुँको दमौलीमा रहेको ३३ केभी ट्रान्सफर्मरमार्फत लमजुङको विद्युत् केन्द्रीय प्रशारणमा पठाइएको थियो। मध्यमस्र्याङ्दीमा भने १२ एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ। 

Advertisement

बढी क्षमताको ट्रान्सफर्मर जोडिएपछि मध्यमस्र्याङ्दीबाटै केन्द्रीय प्रशारण लाइनमा पठाउने नेपाल विद्युत् प्राधिकरणका शाखा प्रमुख माधव न्यौपानेले बताए। 

हालसम्म प्रशारण लाइनमा समस्या हुँदा उपभोक्ताले पनि समस्या भोग्दै आएका थिए। दैनिक २० देखि ३० पटकसम्म विद्युत् जाने आउने भएपछि समस्याको समाधानको लागि प्राधिकरणले ढल्केबरबाट नयाँ ट्रान्सफर्मर पठाएको हो। 

जिल्लामा ल्याइसकिएको नयाँ ट्रान्सफर्मर जडानका लागि भने केही हप्ता लाग्ने प्राधिकरणले जनाएको छ ।  रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री