बुधबार, १२ वैशाख २०८१

भारत चीन सम्बन्ध चिसिदै ,चिनियाँ सामग्री भारतमा बहिस्कार,अब के हुन्छ ?

समयपोष्ट २०७४ साउन २४ गते ६:०१

भारत र चीनबीच केही हप्ता यता विकसित सीमा विवादका कारण पछिल्ला दिनमा चिनियाँ सामग्रीलाई भारतमा बहिस्कार गर्ने प्रवृति बढेको बताउँदै यसलै दुवै पक्ष (चीन र भारत)लाई क्षति हुने  भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Advertisement

तनाव जारी रहेका समय भारतीय दक्षिणपन्थी शक्ति तथा केही सङ्घसंस्था र व्यक्तिहरूले चिनियाँ सामानको बहिस्कार गर्न आग्रह गरेपछि सञ्चारमाध्यमले यस्ता गतिविधिले दुवै मुलुकलाई बेफाइदा हुने उल्लेख गरेका हुन् ।

गत जुन १८ गते चीन–भारत सीमाको सिक्किम क्षेत्र डोङलाङ (डाकलाम) मा भइरहेको चिनियाँ सडक विस्तारको काममा भारतीय पक्षले अवरोध गरेपछि दुई देशबीचको तनाव बढेको हो ।यसै बिषयलाई लिएर गरिएको बहिस्कारलाई भारतीय दैनिक पत्रिका ‘न्यू इन्डियन डेली’ले ‘आर्थिक कट्टर राष्ट्रवादको पुनरुत्थान’ भनी आफ्नो सोमबारको अङ्कमा आलोचना गरेको छ । 

भारतीय आर्थिक समाचार दैनिक द इकोनोमिक टाइम्सले यस्ता (समान बहिस्कारको) नीतिले चीनमाथि दवाव पर्छ भन्ने कुरा ‘गलत’ सोचमात्र भएको र “यसले भारतलाई क्षति पुग्ने” जनाएको छ । टाइम्सले भारत चिनियाँ सामानको आपूर्तिमा निर्भर रहेको जनाएको छ । 

चिनियाँ भन्सार कार्यालयको तथ्याङ्क अनुसार  सन् २०१६ मा चीनबाट भारततर्फ हुने निर्यात ५८ अर्व ३२ करोड अमेरिकी डलर रहेको थियो । चीनबाट सन् २०१५ मा ५८ अर्व २५ करोड अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो । यसरी हेर्दा चीनबाट भारत निकासी हुने सामानमा वृद्धि देखिन्छ । 

तर गतबर्ष भारतबाट चीनतर्फ  ११ अर्व ७६ करोड अमेरिकी डलर बराबरको समान निर्यात भएको र उक्त बर्ष भारतबाट चीन निकासी हुने सामानमा १२ प्रतिशतले गिरावट देखिएको थियो । यसको अर्थ भारतको चीनसँगको व्यापार घाटा ४६ अर्व ५६ करोड अमेरिकी डलर रहेको छ । भारत चीनको ठूलो व्यापारिक साझेदार छिमेकी मुलुक हो । त्यहाँबाट भारतमा ठूलो मात्रामा विद्युतीय सामग्री, औषधि तथा अन्य तयारी तथा कच्चा पदार्थ ल्याइन्छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री