शुक्रबार, १४ वैशाख २०८१

लुम्बिनी विकास बैंकको खड्गभन्ज्याङ्ग शाखा देवीघाटमा स्थानान्तरण 

समयपोष्ट २०७४ साउन २३ गते १३:१३

लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ्ग गाविसमा अवस्थित शाखा कार्यालयलाई सोही जिल्लाको बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरण गरेको छ ।
बैंकले ग्राहकवर्गलाई थप सहज एवँ सरल बैंकिङ्ग कारोबार गर्न सुबिधा मिलोस भन्ने हेतुले सम्पुर्ण भौतिक पुर्वाधारयुक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरेको हो ।
सोमवार शाखा स्थानान्तरण कार्यक्रमको बिधिवत् समुद्घाटन बैंक संचालक समितिका अध्यक्षसुशिल राज पराजुलीले गरे ।
अध्यक्ष पराजुलीले समस्त नुवाकोटवासीबाट हालसम्म पाएको सहयोग तथा सद्भाव प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यसै गरि बैंक प्रति सहयोग र सद्भाव कायमै रहने अपेक्षा गरे । बैंकको हाल कायम रहेको बृहत शाखा सञ्जालको माध्यमद्वारा सरल तथा गुणस्तरीय बैंकिङ्ग सेवाबाट ग्राहक महानुभावहरु थप लाभान्वित हुने धारणा समेत व्यक्त गरे । उक्त समुद्घाटन कार्यक्रममा स्थानीय वडा अध्यक्ष, उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्ष लगायत अन्य गन्यमान्य ब्यक्तिहरुको उपस्थिति रहेको प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले जानकारी दिए ।

Advertisement

लुम्बिनी विकास बैंक लिमिटेडले आप्mना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस, मोवाईल बैकिङ, रमिट्यान्स, लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा छरिएर रहेका ५१ वटा शाखा सञ्जालहरुवाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री