शनिबार, १५ वैशाख २०८१

कैलाश बिकास बैंकको नाफा ५० करोड माथि,साग्रिला र लुम्बिनीको यस्तो छ स्थिती

समयपोष्ट २०७४ साउन २३ गते ६:२७

सिन्धु विकास बैंकले गत आर्थिक बर्षमा तीन करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ । बैंकको खुद ब्याज आम्दानी नौ करोड ९९ लाख रुपैयाँ रहेको छ। बैंकले एक अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंकले  एक अर्ब ३९ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।  

Advertisement

त्यस्तै साग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा ३४ करोड ३७ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी ७१ करोड २४ लाख रुपैयाँ पुगेको छ । 

यसैगरि कैलाश विकास बैंकले गत आर्थिक बर्षमा ५० करोड २६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकको अघिल्लो आर्थिक बर्षमा ३३ करोड २८ लाख रुपैयाँ नाफा थियो । 
बैंकले गत बर्षको अन्त्यसम्ममा १७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले १५ अर्ब चार करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी दुर्इ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९८ करोड ७३ लाख रुपैयाँ छ । 

लुम्बिनी विकास बैंकले पनि  गत आर्थिक बर्षमा ३७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी ८० करोड २८ लाख रुपैयाँ गरेको छ । बैंकले १७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गरेको छ । 


 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री