शुक्रबार, १४ वैशाख २०८१

महिन्द्राको दुई नयाँ मोडल नेपाली बजारमा

समयपोष्ट २०७४ साउन २२ गते ७:०५

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीद्धारा उत्पादित दुई नयाँ मोडेल नेपाली बजारमा सावर्जनिक गरिएको छ ।  एमभी दुगड ग्रुपद्धारा भक्तपुरमा आयोजित महिन्द्रा कमर्सियल गाडीहरुको ग्राहक मेलामा महिन्द्राको अप्टिमो २.६ टिपर तथा अप्टिमो ३.३ ट्रक  सावर्जनिक गरिएको हो ।  

Advertisement

यि दुई नयाँ मोडेल लोडकिङ्ग अप्टिमो २.६ टिपर तथा अप्टिमो ३.३ ट्रक नेपालको बाटो र माटो दुवै सुहाउदो भएको कम्पनीले जनाएको छ । भार बहन क्षमताको हिसाबमा अप्टिमो २.६ टिपर ४ टन तथा अप्टिमो ३.३ ट्रकको ५ टनसम्म बहन गर्ने क्षमता भएकोले नेपाली बजारको लागि अत्यन्तै उपयोगी हुने कम्पनीको दाबी छ । 

कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट नेपाल प्रमुख चैतन्य कागलकर, बिक्री प्रमुख ढमिन्दर महलोत्रा तथा एमभी दुगड ग्रुपका तर्फबाट भाईस चेयरमेन एमडी विबेक दुगड लगायत ५०० भन्दा बढी व्यवसायी ग्राहक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री