मंगलबार, ११ वैशाख २०८१

 माछापुच्छ्रे बैंक पनि अर्बपति क्लबमा उक्लियो ,नाफा १ अर्ब ३० करोड

समयपोष्ट २०७४ साउन २२ गते ५:५९

 माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्ष भन्दा ४४ प्रतिशत बढि नाफा आर्जन गर्दै अर्बपति क्लबमा उक्लिएको हो । बैंकले अघिल्लो आर्थिक बर्षमा ८९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो।  बैंकले गत आर्थिक बर्ष खुद ब्याज आम्दानी दुर्इ अर्ब ३२ करोड रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्ष बैंकको  आम्दानी एक अर्ब ८५ करोड रुपैयाँ थियो। 

Advertisement

बैंकले गत आर्थिक बर्ष ५८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी ५१ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।  अघिल्लो आर्थिक बर्षमा बैंककले ५२ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो  भने कर्जा लगानी ४४ अर्ब २३ करोड रुपैयाँ  गरेको थियो । 

बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पूँजीबाट बढाएर छ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ। बैंकको गत आर्थिक बर्ष जगेडा कोषमा दुर्इ अर्ब ५१ करोड रुपैयाँ जम्मा भएको छ। अघिल्लो आर्थिक बर्ष कोषमा ६७ करोड ३७ लाख रुपैयाँ थियो। 

बैंकको पूँजी कोष अनुपात बढेको छ। अघिल्लो आर्थिक बर्ष १२.२३ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा बढेर १७.४८ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा ०.३७ प्रतिशत रहेको छ। बैंकको प्रति शेयर आम्दानी २३ रुपैयाँ रहेको छ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री