शनिबार, १५ वैशाख २०८१

प्रभु बैंकको नाफा १ अर्ब ७५ करोड

समयपोष्ट २०७४ साउन २० गते ९:३१

प्रभु बैंकले गत आर्थिक बर्षमा १ अर्ब ७५ करोड रुपैंयाँ  नाफा कमाएको छ । अघिल्लो बर्षको तुलनामा बैंकले ५२.६० प्रतिशत नाफा कमाउँन सफल भएको हो । 

Advertisement

बैंकले गत बर्ष ८१ अर्ब ३४ करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी  ६१ अर्ब ९७ करोड रुपैंयाँ रहेको छ ।

 बैंकको कुल ब्याज आम्दानी २ अर्ब ५२ करोड रुपैंयाँ रहेको छ । बैंकको सञ्चालन नाफा पनि ५६.३३ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैंयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २९.७८ रुपैंयाँ पुगेको छ । बैंकले अघिल्लो बर्षको ८.३८ प्रतिशत खराब कर्जालाई ४.२९ प्रतिशतमा झारेको छ । 

 बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैंयाँ छ । राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब रुपैंयाँ पुँजी पुर्याउन बैंकले ४० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री