शुक्रबार, १४ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकको हकप्रदन भदौ ४ गतेदेखि

समयपोष्ट २०७४ साउन १८ गते ८:२०

मुक्तिनाथ विकास बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बैंकले भदौ ४ गतेदेखि  १०ः ४ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको हो । 

Advertisement

बैंकको हकप्रद लिन चाहाने लगानीकर्ताले भोली विहीबारसम्म सेयर खरिद गरिसक्नुपर्ने जनाईएको छ । बैंकको हकप्रदमा लगानीकर्ताले असोज ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

बैंकको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटल, मुक्तिनाथ विकास बैंक र नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट हकप्रद सेयरमा आवेदन गर्न सक्नेछन ।

बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री