बुधबार, १२ वैशाख २०८१

महालक्ष्मी विकास बैंकको २ दिने व्यवस्थापन स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

समयपोष्ट २०७४ साउन १७ गते ४:२९

महालक्ष्मी विकास बैंकले २ दिने व्यवस्थापन स्तरीय अन्तरक्रिया कार्यक्रम सौरहा, चितवनमा सम्पन्न गरेको छ । केन्द्रिय कार्यालयका विभागीय प्रमुख तथा शाखा प्रबन्धकहरु गरी ८० जनाको उपस्थिती रहेको सो कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ को बजेट तथा बैंकको समग्र व्यवसायिक योजना उपर छलफल भएको थियो ।

Advertisement

कार्यक्रमामा लुम्बिनी शाखाका शाखा प्रबन्धक निवेदिता गौतम तथा सातदोबाटो शाखाका शाखा प्रबन्धक अमित कुमार पुडासैनीले उत्कृष्ट शाखाको पुरस्कार गरे । साविकको यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक एक आपसमा गाभिएर बनेको यस बैंकले आव २०७३/ ७४ मा१ अर्ब १० करोड संचालन मुनाफा हासिल गरेको छ । बैंकको निक्षेप २५ अर्ब १३ करोड तथा कर्जा सापट २० अर्ब ७२ करोड रहेको छ भने नेपालभरी जम्मा ६५ शाखाबाट ३ लाख ६५ हजार ग्राहकहरुलाई सेवा उपलव्ध गरांउदै आएको छ । बैंकको चुक्ता पूंजी  २ अर्ब ६३ करोड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री