शुक्रबार, १४ वैशाख २०८१

मर्जर विनाको पुँजी वृद्धिले आशातीत फल दिँदैन : भिबोर विकास बैंकका सिइओ झलक प्रसाद खनालको अन्तर्वार्ता

समयपोष्ट २०७३ भदौ १३ गते ४:४२

भिबोरको पछिल्लो अवस्था कस्तो छ ?
गत वर्ष भन्दा यस वर्ष करिब २८ प्रतिशत खुद मुनाफामा वृद्धि भएको छ । यसै एक वर्षको अवधिमा हाम्रो डिपोजिट ३८ प्रतिशतले र कर्जा लगानी ३७ प्रतिशतले बढेको छ । हाम्रो अहिलेको वित्तीय विवरण धेरै राम्रो छ । साथै अन्य बैंकिङ कारोबारमा गरेको वृद्धि पनि उत्साहजनक छ । 

Advertisement

भूकम्प र तराई आन्दोलनको बाबजुद पनि कसरी यसरी वृद्धि भयो ?
गत वर्षको भूकम्पले हाम्रो देशको आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्यायो । त्यति हुँदाहुँदै पनि बैंकिङ क्षेत्रमा त्यसको ठूलो असर देखिएन । अहिले सम्मको नतिजाले के देखाउँछ भने सबै बैंक र वित्तीय संस्थाले आफ्नो मुनाफा उल्लेखनीय रूपमा वृद्धि गरेका छन् र व्यवसाय विस्तार गरेका छन् । बैंकको व्यवसाय वृद्धिमा त्यसले त्यति असर पारेको देखिएन । यसको पहिलो कारण भनेको बैंकले यसलाई सही तरिकाले व्यवस्थित गर्न सके । अर्को भूकम्प प्रभावित क्षेत्रमा बैंकको ठूलो लगानी थिएन कि जस्तो लाग्छ यसका साथै अलि–अलि भएको क्षतिमा इन्स्योरेन्स कभरेजले सहयोग गरेको हुन सक्छ । भूकम्पले क्षति त गरेको नै छ, क्षति गर्दागर्दै केही अवसर पनि सिर्जना गरेको छ । ती अवसर के हुन् भने भूकम्प प्रभावित क्षेत्रमा नयाँ प्रविधि भित्राउन, थप लगानी गर्ने र भत्किएका संरचनाको पुनःनिर्माणका  विषय अवसरका रुपमा होलान् । भूकम्पले क्षति पुर्याएका घर आवास, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसायको पुर्नउत्थानका लागि बैंक नै चाहिन्छ । त्यसैले भूकम्पले लगानीका अवसर पनि सिर्जना गरेको छ । भूकम्पले नकारात्मक मात्र होइन, पुराना, थोत्रा, मक्किएका र जिर्ण संरचना निर्माणको लागि सकारात्मक पनि प्रभाव ल्याएको छ । 

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी वृद्धिका लागि मर्जरलाई पहिलो प्राथमिकता दिएर सोसाइटी डेभलपमेन्ट बैंकसँग मर्जर अगाडि बढाउनु भएको छ । यो प्रक्रिया के कारणले रोकिएको छ ?
राष्ट्र बैंकले ल्याएको पुँजी वृद्धिको योजनामा हामी पहिलो दिन देखि नै पूर्ण सहमत छौं । यो समjhalak khanalसामयिक छ र हामीले त्यही अनुरूप नै कार्य  गर्नुपर्छ । हामी अझै एक कदम अगाडि गएर पुँजी वृद्धि मर्जरबाटै गर्नुपर्छ भन्नेमा प्रस्ट छौं । पुँजी वृद्धिले मात्र हुँदैन, व्यवसाय वृद्धि पनि हुनुपर्यो । पुँजीको तुलनामा व्यवसाय पनि वृद्धि गरेर लैजानका लागि हामीले मर्जर गर्यौं भने दुई संस्थाको स्वाभाविक रूपमा व्यवसाय पनि एकाकार हुन्छ । पुँजीमात्र दुई गुणा हुँदैन व्यापार व्यवसाय पनि कमसेकम दुई गुणा हुन्छ । त्यसले लगानीकर्तालाई तत्काल प्रतिफल पनि दिन्छ । अर्कोतर्फ यदि हामीले पुँजी वृद्धि गर्दा अक्विजिशन वा मर्जरको अलावा अन्य बाटो अबलम्बन गर्यो भने त्यसले आशातीत फल दिँदैन। सीधा सीधा भन्नुपर्दा राष्ट्र बैंकको नीति भनेको मर्जरमार्फत नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने र संख्या घटाउने हो । पुँजीमात्र बढाएर जाँदा हकप्रद सेयर, बोनस सेयर जारी गर्ने, थप समय माग गर्दै जाने गर्दा पुँजी वृद्धि त हुन सक्ला तर त्यसै अनुरुप व्यवसाय वृद्धि नहुन सक्छ । अन्य कुनै नीति लिएर गरिएका पुँजी वृद्धिले राष्ट्र बैंकको नीतिलाई पनि समर्थन गर्दैन । तसर्थ, राष्ट्र बैंकले अगाडि सारेको नीति समय सान्दर्भिक छ र त्यसलाई समर्थन गर्ने हाम्रो नीति हो । त्यही अनुसार हामी मर्जरमा लागेको हौं । अन्य बैंक वा वित्तिय संस्थाले किन मर्जरको नीति अख्तियार गरेनन् त्यो उनीहरुको आफ्नो नीति हो, त्यसमा हामीले बोल्ने विषय भएन ।
गएको असार मसान्तसम्म एक चरणको मर्जर गरिसक्ने कार्यक्रम थियो । त्यस अन्र्तगत सोसाइटी डेभलपमेन्ट बैंकसँग हामीले मर्जर गर्यौं। हाम्रो कुल पुँजी १ अर्ब ८१ करोड ५० लाख पुर्याउने योजना थियो तर विविध प्राविधिक कारणले गर्दा ढिलो हुन गयो । आजको दिनसम्म पनि हामीले मर्जरको अन्तिम स्वीकृति पर्खिरहेका छौं । केही समय ढिलो भए पनि हामीले मर्जरको स्वीकृति त पाइनैहाल्छौं र हामी मर्जर पनि गर्छौं । अर्को हाम्रो चाहाना भनेको फेरि पनि अर्को संस्थासँग मर्जर गर्ने नै हो । यो मर्जरले गर्दा अहिले हाम्रो व्यवसाय मात्र होइन कि नेटवर्क पनि बढ्ने छ । पूर्वमा रंगेलीदेखि पश्चिममा नेपालगन्जसम्म हाम्रो नेटवर्क हुने छ । ओखलढुंगा, नुवाकोट, काभ्रेपलाञ्चोक, ललितपुर, कास्की लगायतका ठाउँमा हाम्रो नेटवर्क अहिले नै विस्तार भइसकेको छ । पूर्व, पश्चिम र उत्तरमा पनि हामी शाखा विस्तार गर्ने सोचमा छौं । विशेषतः पश्चिम र पूर्वमा हाम्रो पहुँच पुर्याउनका लागि पूर्व–पश्चिमका एक÷एक संस्था मर्जरमा लिन पाए हुन्थ्यो भन्ने हाम्रो सोच छ । 

पूर्व र पश्चिमका ति संस्था भेटाइसक्नुभयो कि खोजिरहनुभएको छ ?
हामीले खोजी गरिरहेका छौं । यो त लगातारकोgg प्रक्रिया रहेछ । आज कुरा गरेर भोलि नै हुने होइन रहेछ । यसमा हामीले दसवटासँग कुरा गर्छौं, अन्तमा एउटासँग निर्णय हुन्छ । अहिले मर्जरको प्रक्रिया शुरु गर्दा पनि त्यस्तै भएको हो । हामीले थुप्रैसँग कुरा गर्यौं  । यो त विवाहको मगनीजस्तै रहेछ । यो पनि “सय बरु एक परु” भन्ने नेपाली उखानजस्तै रहेछ । दुईपक्षीय कुरा हो, हामीले अर्कोलाई जुन रुपमा हेर्छौ उहाँहरूले पनि हामीलाई त्यही रूपमा हेर्नुपर्यो  । हामीलाई के विश्वास छ भने अब १ अर्ब ८१ करोड ५० लाख पुँजी भएको नेपालकै सबैभन्दा ठूलो विकास बैंक हुन्छौं । त्यसबेला हाम्रो छवि स्वाभाविक रूपमा अरुको भन्दा पनि माथि जान्छ । छवि माथि जाने बित्तिक्कै बिजनेस माथि जान्छ र स्वाभाविक रूपमै हामी माथि आकर्षण बढ्छ । हिजोको हामी प्रति हेर्ने दृष्टिकोणमा अवश्य फरक पर्न आउँछ । 

भिबोर बैंकमा तपाईं आउँदा यो बैंक समस्याग्रस्त थियो, त्यो समस्या सल्टाएर अहिले आफैंले लिडिङ गर्दै मर्ज गर्न हिँडिरहनुभएको छ । यहाँसम्म ल्याउने तपाईंको फर्मुला के हो ?
बिजनेसमा कुनै पनि फर्मुला हुँदैन। व्यावसायिक वातावरण अति नै गतिशील र चलायमान छ । हिजो म यस बैंकमा प्रवेश गर्दा जे कुरा देखेको थिएँ, आज करिब तीन÷चार वर्षपछि मेरो हेर्ने दृष्टिकोण परिवर्तन भइसकेको छ । किनभने यो आर्थिक तथा वित्तिय वातावरण नै परिवर्तन भइरहेको छ । पन्ध्र महिना अगाडिको भूकम्प र त्यसको परिणामबारे कसैले आँकलन गरेका थिएनन् । पोहोर साल मैले ६ शाखा खोलें । मैले खोलेको शाखामध्ये चार शाखा भूकम्प प्रभावित क्षेत्रमा परे । अहिले ती शाखाले सरकारले दिने अनुदान वितरण गर्ने जिम्मा पाएका छन् । सोह्र हजार सेवाग्राहीलाई हामी अनुदान वितरण गर्न सक्छौं अथवा सेवा दिन सक्छौं भनेर हामीले पहिले सोचेका पनि थिएनौं । त्यति  हुँदाहुँदै पनि हामीले एउटा स्पष्ट दृष्टिकोण र रणनीति बनाउनैपर्ने हुन्छ । त्यो तत्कालिन रणनीति र दिर्घकालीन नीति अन्र्तगत पर्ने विषय हो ।
यो संस्थामा म आउँदा मैले देखेको थुप्रै सम्पत्ति स्थिर सम्पत्तिमा थियो । बैंकको ठूलो तरल सम्पत्ति स्थिर सम्पत्तिमा पर्न गयो । बैंकको भएको ठूलो सम्पत्ति घर र जमिनका रूपमा या कर्जाका रूपमा बसेको थियो । पैसा नभएपछि तरलताको समस्या आयो । त्यसलाई समाधान गर्न स्थिर सम्पत्तिलाई तरल सम्पत्तिमा रूपान्तरण गर्नुपर्यो । ती घर–जग्गा बेच्नुपर्यो , खराब कर्जा उठाउनुपर्यो । जहाँ सबैभन्दा बढी पैसा फसेको छ, त्यसलाई प्राथमिकता साथ उठाएर तरल सम्पत्ति बनाउनुपर्यो । त्यसलाई राम्रो ठाउँमा लगाउनुपर्यो  । सुरुवातमा त्यो लक्ष्य राखेर म अगाडि बढें । मैले पहिलो चरणमा त्यसरी सुधार गरें । त्यसलाई मैले रिकभरिको स्टेज भनें । जसरी घरमा आगो लागेपछि आगो निभाउन आगो लागेको ठाउँमा पानी हालिन्छ, त्यसरी नै आगो लागेको अवस्थामा बचाउन पानी खन्याए जस्तै गरी मैले पहिलो वर्ष जसरी हुन्छ असुली गर्न तिर लागें । दोस्रो वर्ष लागेपछि मैले कन्सोलिडेसनमा लगें । सबैलाई कन्सोलिडेट गरें । तेस्रो वर्षमा कन्सोलिडेसनका साथ साथै व्यवसाय वृद्धि तिर पनि लाग्यौं । जब कन्साेिलडेसनको चरण सकियो अब व्यवसाय वृद्धि गरौं भनेर तर गुणस्तरीय व्यवसाय वृद्धि गरौं भनेर अगाडि बढ्यौ । यो वर्षमा फेरि हामी समायोजनमा जाने भयौं । फेरि एक स्टेप ब्याक हटयौं किनकी मर्जरमा आएपछि त समायोजन गर्नुपर्यो  । दुई संस्था एक भएपछि हामीले सबै एक बनाउनुपर्यो  । त्यो भइसकेपछि फेरि गुणस्तरीय व्यवसायका चरणमा हामी गइरहेका हुने छौं । छोटकरीमा भन्नुपर्दा कुनै पनि समस्यामा परेका यस्ता संस्था छन् भने त्यसलाई समग्र रूपमा पहिले समस्याको प्रकृति पत्ता लगाउनु आवश्यक छ । संस्थाको त्यो व्यथा राम्रो सँग पत्ता लगाएपछि औषधि त त्यही प्रकारले गरिहालिन्छ नि । 

अबको एक वर्ष पछि भिबोरको अवस्था कस्तो होला ?
एक वर्ष पहिले हाम्रा ६ शाखा थिए । अहिले बाह्र छन् । सेवाग्राही जम्मा सत्र हजार थिए, अहिले ४४ हजार छन् । अघिल्लो वर्ष भन्दा अहिले ३८ प्रतिशत निक्षेप, ३७ प्रतिशत कर्जा बढेको छ भने २० करोड मुनाफा भएको छ । यसरी जुन परिवर्तन आएको छ, त्यो निरन्तर रहनेछ ।
अर्को वर्ष भिबोरले दुई सय ५० करोड पुर्याउने मध्येको पहिलो बैंक हुनेछ । राष्ट्रिय स्तरका विकास बैंकमध्ये सबैभन्दा माथिल्लो स्तरको विकास बैंकहरु मध्ये हुनेछ । यो सँगै हाम्रो नयाँ मर्जर पार्टनर कस्तो पर्छ भन्नेमा पनि भर पर्छ । हामीले पूर्व र पश्चिमका मर्जरका सहयोगीको जुन अपेक्षा गरेका छौं, त्यहाँबाट ल्याइने ग्राहक र  व्यवसाय कस्ता पर्छन् । फेरि अहिलेको यो प्रक्रियालाई हामीले जति छिटो टुंग्याउँछौं, त्यति नै छिटो हामीलाई अर्को चरणमा जान सजिलो हुन्छ । अहिले मलाई ९१ करोड ७० लाख पुँजी भएको बैंकको जिम्मेवारी लिएको प्रमुख कार्यकारी अधिकृत देख्नुभएको छ, अर्को वर्ष दुई अर्ब पचास करोड चुक्ता पँुजी भएको संस्थाको कार्यकारी प्रमुखका रूपमा देख्नुहुनेछ । त्यही अनुसार करिब २० अर्बको हाराहारीमा निक्षेप, १५ अर्बको हाराहारीमा लगानी, करिब ५० करोड मुनाफा, ५० भन्दा बढी शाखा कार्यालय र दुई लाख भन्दा बढी ग्राहक भएको बैंकका रूपमा तपार्इंले यस बैंकलाई देख्नुहुनेछ भन्ने मेरो विश्वास छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री