मंगलबार, २८ असोज २०८२

एकैदिन ताेलामा साढे ८ हजार रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्यमा पनि कीर्तिमान

समयपोष्ट २०८२ असोज २८ गते ११:२६

Advertisement

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८,५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ।

महासंघका अनुसार, मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै सर्वाधिक हो। सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ रहेको थियो। आजको वृद्धिसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

चाँदीको मूल्यमा पनि मंगलबार उल्लेख्य वृद्धि देखिएको छ। प्रतितोला १०५ रुपैयाँले बढेर चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँ पुगेको छ। यो मूल्यले पनि नयाँ ऐतिहासिक उचाइ बनाएको हो। सोमबार चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर उकालो लाग्दै रेकर्ड तोड्ने क्रममा रहेको छ।

सुन र चाँदीको मूल्यमा भएको यो वृद्धिले बजारमा हलचल ल्याएको छ। विशेषगरी, लगानीकर्ता र उपभोक्ताहरूको ध्यान यी बहुमूल्य धातुको मूल्यवृद्धितर्फ केन्द्रित भएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र स्थानीय मागमा आएको तीव्रताले यस्तो अवस्था आएको जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री