शुक्रबार, १४ वैशाख २०८१

एनएमबि बैंकले खोल्यो एकै दिन ३ नयाँ शाखा

समयपोष्ट २०७३ भदौ १२ गते १२:२६

एनएमबि बैंकले पाल्पा, भैरहवा र दमक गरी एकै साथ तीन नयाँ शाखा संचालनमा ल्याएको छ । आइतबार  गर्भनर डा. चिरन्जीवी नेपाल पाल्पा र भैरहवा शाखाको उद्घाटन गरे  ।

Advertisement

दमक शाखाको भने   बैंकका संचालक  नन्दकिशोर राठी तथा नेपाल राष्ट्र बैंकका क्षेत्रिय प्रवन्धक रामु पौडेलले संयुक्त रुपमा  उद्घाटन गरे ।उद्घाटन कार्यक्रममा  बैंकका संचालक कमलेशकुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलको उपस्थिती थियो ।

गभर्नर नेपालले  नयाँ शाखाले  सरल बैकिङ पँहुचमा समेत टेवा पुग्नेमा विश्वस्त रहेको बताए । नयाँ शाखासहित बैंकको शाखा ७१ पुगेको छ भने सात वटा एक्सटेन्सन काउन्टर पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री