बुधबार, १२ वैशाख २०८१

काँग्रेसबाट१३ मन्त्रीले लिए शपथ,को–को बने मन्त्री ?

समयपोष्ट २०७३ भदौ १० गते ११:५४

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसरी पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरुमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरुङ छन् । 

Advertisement

कुन समुहबाट को ?

शेरबहादुर देउवा पक्षबाट अर्जुननरसिंह केसी सहरी विकास मन्त्री,प्रकाशशरण महत परराष्ट्र मन्त्री,बालकृष्ण खाँड रक्षा मन्त्री,जीवनबहादुर शाही पर्यटन मन्त्री,केशवकुमार बुढाथोकी सामान्य प्रशासन मन्त्री, सूर्यमान गुरुङ श्रम मन्त्री भएका छन । यस्तै रामचन्द्र पौडेल पक्षबाट सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण मन्त्री,दीपक गिरी सिँचाइ मन्त्री,रोमी गौचन थकाली वाणिज्य मन्त्री,नवीन्द्रराज जोशी उद्योग,हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन । कृष्णप्रसाद सिटौला समूहबाट गगन थापा, स्वास्थ्यमन्त्री र खुमबहादुर खडका समूहबाट शंकर भण्डारीले बन मन्त्रालय पाएका छन । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री