शनिबार, २९ वैशाख २०८१

भारत सरकारद्धारा उपहारस्वरुप १७ वटा दमकल प्रदान

समयपोष्ट २०७३ भदौ ९ गते ३:४८

आगलागी नियन्त्रणमा सहयोग पुर्याउन भारत सरकारले नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाdamkalई भारतीय राजदूत रणजीत रायले  ती दमकलको साँचो हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई हस्तान्तरण गर्दै आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्राप्त दमकलले थप सहयोग पुर्याउने बताए।
राजदूत रायले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकलकै भर पर्नुपर्ने उल्लेख गर्दै ती दमकलले प्रयोगले यस्ता कामकामा मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
हाल २१७ नगरपालिकामध्ये ७१ नगरपालिकामा १०१ बटा दमकल रहेको थिए । भारत सरकारले उपहारस्वरुप हस्तान्तरण गरेको समेत अब १५२ दमकलको सङ्ख्या पुगेको छ । सरकारले अझै ३४ बटा दमकल खरिदका लागि प्रक्रिया अघि बढाएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री