शनिबार, ८ वैशाख २०८१

जगदम्बा स्टिल्सद्वारा राइनो ‘५०० डि’ फलामे छड सार्वजनिक

समयपोष्ट २०७३ भदौ ८ गते ११:३३

शंकर गु्रप अन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’सहितको राइनो ५००डी फलामे छड सार्वजनिक गरेको छ । राइनो ५००डी मजबुती तथा डक्टिलिटी सहितको नयाँ छड रहेको कम्पनीले जनाएको छ । ग्रेड एफई ५०० डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतमम ०.०७५ प्रतिशत मात्र प्रयोग गरिएको  छ । यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै उच्च डक्टिलिटीको सुनिश्चितता गर्ने कम्पनिले जनाएको छ  । उत्पादनको खरिदमा कम्पनीले आफ्ना उपभोक्तालाई राइनो ५००डी ग्यारेण्टी कार्डपनि उपलब्ध गराउने र नेपाली बजारमै पहिलो पल्ट उपलब्ध गराउन लागिएको यो कार्ड मार्फत उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुती दिने कम्पनीको दावी छ । 
नयाँ उत्पादन सार्वजनिक गर्न आयोजित कार्यक्रममा शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अहिले अर्थ ब्यवस्थामा देखिएको उन्नतीका कारण हाउजिङ लगायत पुर्वाधार विकासको क्षेत्रमा ब्यापक अवसरको सिर्जना भएको बताए । भुकम्पिय क्षति न्यूनिकरणका लागि सुरक्षित तथा भुकम्प प्रतिरोधात्मक निर्माण भने ठूलो चुनौतीका रुपमा रहेको बताउँदै अग्रवालले चुनौतीको सामना गर्ने सोचका साथ एफई ५००डी गे्रडमा फलामे छड राइनो ५००डी सार्वजनिक गरिएको जानकारी दिए ।
जगदम्बा स्टिल्समा उत्पादनको उत्कृष्ट गुणस्तर तथा उत्पादनका लागि अत्याधुनिक स्वचालित प्लान्टको ब्यवस्था रहेको छ । कम्पनीले आफ्ना उपभोक्तालाई विश्वस्तरिय उत्पादन तथा गुणस्तर उपलब्ध गराउन नियन्त्रित उत्पादन प्रणाली अन्तर्गत नियन्त्रित कच्चा पदार्थको प्रयोग, नियन्त्रित उत्पादन प्रक्रिया र नियन्त्रित परिमिति पारामिटर्स अपनाउने गरेको जनाएको छ । कम्पनीले टाटा स्टिल, जिन्दाल स्टिल, आईआईएससीओ र एसएआईएल लगायत विश्व विख्यात स्टिल कम्पनीहरु मार्फत कच्चा पदार्थको आयात गर्ने गरेको छ । तिनको उत्पादनसमेत कडा परिक्षण पश्चात मात्र फलामे छड उत्पादनका लागि प्रयोगमा ल्याउने गरिएको जनाएको छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री