शनिबार, ८ वैशाख २०८१

सवै जिल्लामा पुग्यो टेलिकमको माइक्रोवेभ रेडियो लिंकको पहुँच 

समयपोष्ट २०७३ भदौ ७ गते ३:०१

काठमाडौं–नेपाल टेलिकमले भदौ चार गतेदेखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पु¥याई सेवा उपलब्ध गराउन थालेको छ । त्यसअघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधिमार्फत सेवा उपलब्ध गराइँदै आएको र सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति रहेको थियो ।
उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एमवीपीएचको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडीएसएल, टुजी, इभीडीओ इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने कम्पनीले जनाएको छ ।

Advertisement

साथै भविष्यमा कम्पनीले थ्रीजी, वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिने जनाइएको छ । यसबाट विशेषगरी कर्णालीबासी उपभोक्ताहरुले अधिकतम लाभ प्राप्त गर्ने जनाइएको छ ।

कम्पनीले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको हो । यसअघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यस अघि मुगु जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पु¥याएको थियो ।

कम्पनीले धेरै पहिले देखि नै ७२ वटा जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवाको पहुँच पु¥याईरहेकोमा भौगोलिक विकटता समेतका कारण उल्लेखित तीन जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउनु एउटा महत्वाकांक्षी योजनाका रुपमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री