बिहीबार, १३ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सले ल्यायो ‘भिआईपि अन द स्पट’बीमा सेवा

समयपोष्ट २०७३ भदौ ६ गते १२:१६

काठमाडौ–सगरमाथा इन्स्योरेन्सले बीमा बजारमा ‘सगरमाथा भिआईपि अन द स्पट’ बीमा सेवा शुरु गरेको छ ।

Advertisement

क्षतिको समयमा नोक्सानीको माग दाबी र भुक्तानी प्रक्रियालाई सरलकृत बनाउने यो नयाँ सेवाले दुर्घटना भएको स्थलबाट ग्राहकले खबर गर्ने बित्तिकै स्थलगत रुपमा नै सेवा प्रदान गर्ने जनाइएको छ । 
यो सेवा लामो कागजी प्रक्रिया र झन्झटबाट दिक्क भएका ग्राहकहरुलाई बरदान सावित हुने कम्पनीले जनाएको छ । सेवालाई चुस्त र छरितो बनाउन एउटा छुट्टै विभाग खडा गरी सेवा प्रदान गरिने जनाइएको छ ।

बीमा समितिका अध्यक्ष प्रा.डा. फत्त बहादुर के.सी. र सगरमाथा इन्स्योरेन्स अध्यक्ष रामकृष्ण मानन्धरले संयुक्त रुपमा यो कार्यक्रम उद्घाटन गरेका हुन् । कार्यक्रममा सगरमाथा इन्स्योरेन्सका कार्यकारी अधिकृत चंकि क्षेत्रीले ‘सगरमाथा भिआईपि अन द स्पट’ को विशेषताको बारेमा प्रकाश पारेका थिए ।

२०५३ साल साउन २ गते बाट आफ्नो सेवा शुरु गरेको सगरमाथा इन्स्योरेन्सले विगत २० वर्षको आफ्नो कार्यकालमा कार्य कुशलता र दक्ष जनशक्तिको बलमा आफूलाई नेपालको एक सफल इन्स्योरेन्स कम्पनीको रुपमा प्रस्तुत गर्न सफल भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री