शुक्रबार, १४ वैशाख २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन इच्छुक

समयपोष्ट २०७३ भदौ ५ गते ५:२९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली सकमक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिल्लीमा स्वागत गर्न आतुर हरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डका विशेषदूतका रुपमा दिल्ली भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शनिबार हैदरवाद हाउसमा भएको भेटमा मोदीले त्यस्तो बताएका हुन् । ‘म प्रचण्डजीलाई दिल्लीमा स्वागत गर्न आतुर छु’, भेटमा मोदीले भनेका थिए ।

Advertisement

निधिले प्रधानमन्त्री प्रचण्डले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई दिएका थिए । मोदीले आफू नेपाल आउन इच्छुक रहेको बताए । निधिले मोदीलाई जनकपुर, लुम्बिनी र मुक्तिनाथको धार्मिक भ्रमणका लागि आग्रह गरेका थिए ।

मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएका छन् । यस्तै मोदीले भारतले नेपालमा शान्ति, स्थायित्व र विकास चाहेको बताएका थिए ।

यस्तै उनले नेपाल–भारत सम्बन्धमा देखिएको अविश्वास हटाएर सम्बन्धलाई उचाइ दिन आफू तत्पर रहेको उल्लेख गरे ।

त्यस क्रममा निधिले असन्तुष्ट मधेसी मोर्चालाई समेत विश्वासमा लिएर संविधान संशोधनमार्फत संविधानका असन्तुष्टि सम्बोधनको प्रयास भइरहेको अवगत मोदीलाई गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री