शुक्रबार, १४ वैशाख २०८१

सानिमाले ल्यायो भिसा डोमेस्टिक क्रेडिट कार्ड

समयपोष्ट २०७३ भदौ ५ गते ५:१३

काठमाडौं । सानिमा बैंकले भिसा डोमेस्टिक क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकले सेवाग्राहीलाई थप सुविधा दिने उद्देश्यले यो कार्ड सेवा सुरु गरेको हो । 
 
बैंकले प्रयोगमा ल्याएको यो कार्ड नेपाल र भारतमा चल्छ । नेपाल तथा भारतका भिसा कार्ड स्वीकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिन्छ, बैंकले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो कार्ड आइतबार देखि प्रयोगमा ल्याइएको हो । 

Advertisement

सिमित अवधिका लागि व्यापारिक केन्द्रहरुमा यो कार्ड प्रयोग गर्दा खरिद रकमको १०५ ९अधिकतम ५०० रुपैयाँ सम्म० रकम फिर्ता दिइने छ । आगामी असोज महिनासम्म जारी भएका क्रेडिट कार्डबाट कात्तिक महिनासम्म रकम फिर्ताको अफर लागु हुने पनि बैंकले जनाएको छ । कात्तिकसम्म व्यापारिक केन्द्रहरुमा भएको कारोबारमा यो अफर लागु हुने जानकारी दिइएको हो । 
 
बैंकले यस अघि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डोमेस्टिक डेबिट, डलर डेबिट तथा डलर ट्राभल कार्डहरु संचालनमा ल्याइसकेको छ । निकट भविष्यमै बैंकले डलर क्रेडिट कार्ड जारी गर्ने योजना रहेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री