शुक्रबार, १६ चैत २०८०

सेञ्चुरी बैंकको ३० प्रतिशत हकप्रद शेयर खुल्यो

समयपोष्ट २०७३ भदौ ५ गते ५:१०

सेञ्चुरी कमर्सियल बैंकले ३० प्रतिशत अर्थात दश बराबर तीन कित्ता हकप्रद शेयर जारी गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरका ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशन गरेको हो । 
साउन १७ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । बैंकले हालको चुक्ता पूँजी वृद्धिका लागि हकप्रद जारी गरेको हो । हाल सेञ्चुरी बैंकको २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।
बैंकको हकप्रद शेयरका लागि असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्कट रहेको छ । सिभिल क्यापिटलको कार्यालय कमलादी र सेञ्चुरी बैंक लिमिटेडका शाखा कार्यालयहरुबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

Advertisement

 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री