शुक्रबार, १४ वैशाख २०८१

काठमाडौंमा भारतको स्वतन्त्रता दिवस, दुताबासद्धारा ४० एम्बुलेन्स र ८ बस प्रदान

समयपोष्ट २०७३ साउन ३१ गते ९:२६

काठमाडौं । काठाण्डौस्थित भारतीय राजदूतावास परिसरमा १५ अगष्ट २०१६ मा आयोजित एक सार्वजनिक समारोहकाबीच भारतको ७० औं स्वतन्त्रता दिवस मनाएको छ । उक्त अवसरमा भारतका राजदूत रणजीत रायले राष्ट्रिय झण्डा फहराइ भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिनुभएको सन्देindiaश पढेर सुनाए । उक्त सन्देशमा छिमेकमा शान्ति र स्थायीत्वको लागि भारतको सहयोगमा जोड दिइएको थियो ।
राजदूतले उक्त अवसरमा भारतीय सेनाका भूपू सैनिकका चौधजना विधवा, आश्रित तथा शारीरिक रुपले अशक्तभूपू  सैनिकहरुलाई चार करोड रुपैयाँको चेक तथा कम्बल समेत वितरण गरे । यसको साथै राजदूतले नेपालका दुर्गम सहित विभिन्न स्थानमा रहेका ५९वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप प्रदान गरेका छन् ।

सो अवसरमा नेपालका विभिन्न अस्पताल, गैरनाफामुलक संघसंस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक तथा स्वास्थ्य सेवा उन्नयनको लागि ४० वटा एम्बुलेन्स र ८ वटा बस समेत उपहार स्वरुप प्रदान गरियो ।
 नेपालको विकासको लागि भारतको निरन्तर सहयोगस्वरुप राजदूत रायले ३६ वटा एम्बुलेन्स र ६ वटा बस तथा बाँकि चरवटा एम्बुलेन्स तथा दुईवटा बस वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतले उपहार स्वरुप प्रदान गरे ।
कार्यक्रममा सत्तरी वटा योजना माथि प्रकाश पार्ने एउटा छोटो चलचित्र पनि प्रदर्शन गरिएको थियो जसमा भारत सरकारले विमोचन गरेको कार्यक्रम र भारतीय विदेश मन्त्रालयको सार्वजनिक सेवा योजना ‘मदद’ पनि समावेश गरिएका थिए । उक्त कार्यक्रममा १२ र १३ अगष्टमा जनकपुरमा “रामायण सर्किट कला वर्कशप” सम्पन्नगर्ने पाँचजना भारतीय र सात जना नेपाली गरी बाह्र जना कलाकारहरुलाई सम्मान पनि गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री