शनिबार, ८ वैशाख २०८१

माइक्रोम्याक्सको क्यानभास युनाइट फोर प्रो

समयपोष्ट २०७३ साउन ३० गते १४:०६

काठमाडौं । माइक्रोम्याक्सको क्यानभास युनाइट फोर प्रो नेपाली बजारमा आएको छ । यो मोबाइलमा विशेष प्रोसेसर रहेको कम्पनीको दाबी छ ।

Advertisement

कम्पनीका अनुसार यो मोबाइलमा १‍‍‌‌‍‍.३ जिएचडी क्वाड कोर प्रोसेसर छ । मोबाइलमा १६ जीबी रोम रहेको र फोनमा शक्तिशाली ३९०० एमएएच ब्याट्री छ ।

५.१ इन्चको एचडी डिस्प्ले रहेको यो फोनमा ८ एमपी हार्इ रिजोलुसन अटोफोकश रियर क्यामरा र ८ एमपी फ्रन्ट क्यामरा रहेको छ जसको सहायताले उत्कृष्ट सेल्फी खिच्न सकिन्छ । कम्पनीका अनुसार मोबाइलमा एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टममा आधारित छ । मोबाइलमा २ जीबी र्याम, १६ जीबी रोम र थप ३२ जीबी विस्तार गर्न सकिने एसडी कार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यही कारणले कुनै तस्विर, डकुमेन्ट र भिडियो स्टोर गर्न समस्या हुँदैन ।    मोबाइलमा दुर्इवटा सीम त्यसमा पनि हाइब्रिड सिम स्लट रहेको छ । यो मोबाइलमा थ्रीजी र फोरजी नेटवर्कमा सर्पोट गर्ने कम्पनीको दाबी छ । मोबाइलमा वार्इफार्इ, ब्लुटुथ लगायतका सुविधा छ । माइक्रोम्याक्सको यो मोबाइलमा फिंगरप्रिन्ट सेन्सर समेत छ । यो मोबाइलमा ३३५० एमएचको पावर ब्यांक निशुल्क पाउने कम्पनीले जनाएको छ । यो मोबाइलको मूल्य १६ हजार २ सय ३६ रुपैयाँ कम्पनीले तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री