बिहीबार, १३ वैशाख २०८१

एशियन र सिद्धार्थ इन्स्योरेन्सबाट बीमा समितिको स्थलगत सुपरीवेक्षण सुरु

समयपोष्ट २०७५ भदौ १४ गते ७:२९

बिमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीहरुको निरिक्षण र स्थलगत सुपरीवेक्षण सुरु गरेको छ । समितिले बिहीबारदेखि पहिलो चरणमा एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीबाट सुपरिवेक्षण सुरु गरेको हो ।

Advertisement

आज निर्देशक दिनेशकुमार लालको नेतृत्वमा एउटा समूह एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा र चार्टर्ड एकाउन्टेन्ट ज्योति पाण्डको नेतृत्वमा अर्को समूह सिद्धार्थ इन्स्योरेन्समा निक्षण गर्न पुगे ।

यो समूहले १५ दिनसम्म कम्पनीको निरिक्षण तथा सुपरिवेक्षण गर्नेछ। यस अवधिमा निरीक्षकहरुले एउटा प्रतिवेदन तयार पार्नेछन् । निरीक्षकहरुले आफ्नो प्रतिवेदन बीमा समितिमा ब्रिफिङ गर्नेछन् ।

यदि कानुन भन्दा विपरित गएर काम गरिएको रहेछ वा अन्य कुनै पनि किसिमको गल्ती गरिएको रहेछ भने बीमा समितिले उक्त कम्पनीको सञ्चालक समितिका पदाधिकारीसँग छलफल गर्नेछ ।

छलफलसँगै निरीक्षण टोलिले संचालकहरुको कुराहरु समेटर पूर्ण प्रतिवेदन तयार पार्नेछ । यसै प्रतिवेदनका आधारमा बीमा कम्पनीले नियम विपरित गरिएको रहेछ भने कारबाही गर्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इँले जानकारी दिए ।

अध्यक्ष चापागार्इका अनुसार समितिले चालु आर्थिक वर्षमा कम्तिमा एक पटक सम्पूर्ण बीमा कम्पनीहरुको स्थलगत सुपरीवेक्षण गर्ने योजना बनाएको छ ।

‘समितिले कम्तिमा एक पटक प्रत्यक्ष रुपमा बीमा कम्पनीहरुको सुपरीवेक्षण गर्ने र आवश्यकताअनुसार थप निरीक्षण गरिरहने छौँ,’ चापागार्इँले भने, ‘यसबाहेक समितिले आकस्मिक रुपमा तीन चार पटकसम्म पनि निरिक्षण गर्ने सक्ने छ।’

समितिले निरीक्षण गर्दा कम्पनी ऐन, बीमा ऐन, बीमा नियमावली, बीमा समितिले जारी गरेका निर्देशनहरु, कम्पनीको प्रबन्धपत्र तथा विनियमावलीमा रहेका व्यवस्थाअनुसार काम भएको छ/छैन हेरिने चापागार्इँले बताए। समितिले दाबी भुक्तानी, अण्डरराइटिङ, पुनर्बीमालगायत धेरै विषयमा सुपरीवेक्षण गर्नेछ ।

बीमा समितिले नयाँ कर्मचारी नियुक्ती गरेसँगै आफ्नो नियमन तथा सुपरिवेक्षणको काम कारबाहीलार्इ अगाडि बढाउन थालेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री