बिहीबार, १३ वैशाख २०८१

बिम्स्टेक परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु

समयपोष्ट २०७५ भदौ १३ गते ६:४०

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि पराराष्ट्र मन्त्रीस्तरीय बैठक शुरु भएको छ ।

Advertisement

राजधानीको होटल सोल्टीमा बुधबार बिम्स्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु भएको हो । बैठकमा सदस्य राष्ट्रका विदेश सचिवको बैठकले अन्तिम रुप दिएको समझदारीपत्रलाई छलफलपछि विदेशमन्त्रीस्तरीय बैठकले अनुमोदन गर्नेछ ।

मन्त्रीस्तरीय बैठकमा विद्युत लाइन प्रशारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड ईन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षर हुँनेछ ।

क्षेत्रीय लगानी, व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रति आतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्य गरी १४ मध्ये ७ विषयलाई प्राथमिकतामा राखेर छलफल अगाडि बढाईएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेशमन्त्रीले सम्बोधन गर्नेछन् ।

बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि के सिंहले गरेको छ।

यसैगरी म्यान्मारका अन्तराष्ट्रिय सहयोग सम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेशराज्य मन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ।

भुटानले भने आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्था सचिव सोनाम छोङलाई परराष्ट्रमन्त्रीस्तरीय बैठकमा प्रतिनिधित्व गर्न पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री