शनिबार, १५ वैशाख २०८१

उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी

समयपोष्ट २०७५ भदौ १३ गते ६:०६

उर्लाबारी, मोरङस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो ।

Advertisement

निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । खड्गीले ८४४ मत प्राप्त गर्नुभयो भने भट्टराईले ७७७ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदका अर्का स्वतन्त्र उम्मेद्वार धर्मराज शाक्यले ३३ मत ल्याउनुभयो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा बिनोद न्यौपाने विजयी हुनुभएको छ । यसैगरी उद्योग उपाध्यक्षमा यामलाल रसाइली, वाणिज्य उपाध्यक्षमा शेरबहादुर भण्डारी, महासचिवमा रामबहादुर थापा, उद्योग सचिवमा सम्झना खतिवडा (आचार्य), वाणिज्य सचिवमा नेत्र आँपागाई र कोषाध्यक्षमा सुनिल बोहोरा निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा डिल्लीराम खतिवडा, कृष्णराज गिरी, निर्मला चौहान, यज्ञबहादुर कार्की र योगेन्द्र निरौला निर्वाचित हुनुभएको छ । सङ्घको लेखा समिति संयोजकमा केदार रिजाल र लेखा सदस्यमा जङ्गबहादुर कार्की र विनिता दाहाल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक महेन्द्रजङ्ग तामाङले जानकारी दिनुभयो । कुल एक हजार ८७६ मतदाता रहेको सङ्घको निर्वाचनमा एक हजार ७४३ ले मतदान गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री