बिहीबार, १५ चैत २०८०

सलमानकी आमा र कट्रिनाको फोटोमा सासु बुहारी भन्दै कमेण्ट आएपछि….

समयपोष्ट २०७५ भदौ १२ गते ९:५३

सलमान खानकी बहिनी अर्पिता खानले इन्स्टाग्राममा कट्रिना कैफ र आमा सुशिला यानकी सालमा खानको तस्विर पोष्ट गरिन् । तस्विरमा दुबै मुस्कुराइरहेका देखिन्छन् । जब यो तस्बिर पोष्ट भयो सलमान र कट्रिनाका फ्यानले अनेक कमेन्ट गर्न थाले ।

Advertisement

कतिले उनीहरुलाई सासु बुहारी भन्दै कमेन्ट गरे । अझ अचम्मको कुरा त के छ भने त्यस्ता कमेन्ट गर्नेलाई सलमानकी बहिनी अर्पिताले फन्नी इमो सहित रिप्लाई गरिन् । यस्तै कमेन्ट आइरहँदा केहि समय पछि नै अर्पिताले आफ्नो एकाउन्टबाट उक्त तस्बिर हटाएकी छिन् ।

उनले तस्बिर किन डिलिट गरिन् भन्ने कुरामा पनि अहिले अनेक प्रश्न आईरहेका छन् । कतिले ति कमेन्टले गर्दा पोस्ट हटाएको अनुमान गरेका छन् भने कतिले उक्त तस्बिरमा कट्रिनाको बेहुली वाला लुक्स लिक भएकाले ।हटाइएको हुन सक्ने अनुमान गरेका छन् । तर अर्पिताले आफ्नो पोस्ट हटाएपनि तस्बिर सामाजिक संजालमा भाइरल भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री