बिहीबार, १५ चैत २०८०

महिन्द्राको प्लस न्यू एक्सयुभी ५०० नेपाली बजारमा, यस्ता छन् बिशेषता

समयपोष्ट २०७५ भदौ १२ गते ६:०७

नेपालको लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेटले प्लस न्यू एक्सयुभी ५०० नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रम गरी उक्त गाडी सार्वजनिक गरेको हो ।

Advertisement

आकर्षक डिजाइन,आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ मापदण्ड कायम गरेको कम्पनीको दाबी छ । गाडीमा १५५ हर्षपावर र ३६० एनएम टर्कशक्ति छ।छैठौं पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरिएवल जियोमेट्री टर्बौचार्जरले यो गाडीलार्इ बढी उर्जायुक्त र उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ओआरभिएम लोगो प्रोजेक्सन ल्याम्पसहितको विद्युतीय सनरुफ,न्यू स्मार्ट वाच कनेक्टिभिटी,जिपिएस नेभिगेशनसहित सात इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट समेत छ।

६ वटा एयरब्याग,एविएससहित इविडी र उकालो र ओरालो लाग्दा नियन्त्रणमा रहने गरि सबै चक्कामा डिस्क ब्रेक छ । गाडीको मूल्य ६१ लाख ८० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री