शनिबार, १५ वैशाख २०८१

पहिलोपटक ब्यक्तिगत जीवनबारे खुले आमिर, रिनासँग सम्बन्धविच्छेदपछि किरणसँग कसरी नजिकिए ?

समयपोष्ट २०७५ भदौ १० गते ८:५१

बलिउडका चर्चित कलाकार आमिर खानले पहिलो पटक मिडियामा आफ्नो ब्यक्तिगत जीवनबारे कुरा गरेका छन् । उनले चीनियाँ मिडियासँगको अन्तर्वार्तामा किरण र रिनाबारे कुराकानी गरेका हुन् । रिना आमिरकी पुर्व पत्नी तथा बालसखा हुन् । उनीहरु दुईबीच् बिवाह भएको १६ वर्षपछि सम्बन्धविच्छेद भएको थियो ।

Advertisement

त्यसको तीनबर्षपछि आमिरको जीवनमा किरण राव आएकी थिइन् । आमिरले चीनियाँ मिडियासँगको अन्तर्वार्तामा किरणसँग फिल्म लगानका बेला भेट भएको बताएका छन् । उनले भनेका छन्,”त्यतिबेला किरण मेरा लागि मेरो टिमको एक सदस्य मात्र थिइन् । उनी त्यतिबेला सहायक निर्देशक थिइन् । रिनासँगको सम्बन्धविच्छेद पनि किरणसँग भेट भइरह्यो त्यतिबेला पनि हाम्रो खासै कुरा हुँदैनथ्यो । उनी मेरो राम्रो साथीको सूचीमा पनि समावेश थिइनन् । तर एकदिन उनको फोन आयो, त्यतिबेला म आफ्नो सम्बन्धविच्छेदको स्थिती वा भनूँ ट्रमाको अवस्थाबाट गुज्रिरहेको थिएँ ।”

आमिरले थपे, ‘त्यतिबेला मैले किरणको फोन उठाएँ र उनीसँग आधा घण्टासम्म कुरा गरेँ । किरणसँग कुरा गरेपछि मलाई खुसी लाग्यो । मैले आफूभित्र जागृत भएको खुसीलाई महसुस गरें । त्यसपछि मैले उनीबिना जीवन सोच्न नसक्ने पनि महसुस गरें । मलाई किरणको सबैभन्दा मन परेको कुरा उनी निकै स्ट्रंग महिला हुन् । मैले उनीसँगको सम्बन्धलाई नाम दिएँ र त्यसपछि उनीसँग विवाह गरें ।”

यसैगरी आमिरले पुर्वपत्नी रिना निकै स्ट्रंग टाइपको महिला भएको बताए । उनले भने,”मलाई स्ट्रंग मान्छेहरु निकै मनपर्छ । रिना निकै राम्रो व्यक्तित्व भएकी महिला हुन् । धेरै पटक लामो सम्बन्ध टिक्दैन । सम्बन्ध टुटेपनि मलाई उनको धेरै माया लाग्छ र उनको निकै इज्जत गर्छु ।” एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री