बिहीबार, १३ वैशाख २०८१

विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइँदै, दरबार स्वायरमा ट्रफीसँगै फोटो खिच्न पाइने

समयपोष्ट २०७५ भदौ १० गते ७:५०

विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइने भएको छ । ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा नेपालमा पनि ल्याउन लागिएको हो । ट्रफीलार्इ पाँच महादेशका विभिन्न २१ देशका ६० शहरमा घुमाइने छ । नौ महिने भम्रणका क्रममा ट्रफी सहभागी राष्ट्रसँगै पहिलोपटक नेपाल, अमेरिका, जर्मनी जस्ता क्रिकेट उदयमान राष्ट्रमा भम्रण गराउन लागिएको हो ।

Advertisement

२०१९ मा इंल्याण्ड र वेल्समा हुन लागेको विश्वकप क्रिकेटको ट्रफी नेपालमा २७ अक्टोबरमा दरबार स्वायर क्षेत्रमा राखिने आइसीसीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । ट्रफी विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सो क्षेत्रमा राखिने छ । समर्थकहरुले ट्रफी नियाल्न पाउनुका साथै ट्रफीसँग फोटो खिच्न समेत पाउने आइसीसीले जनाएको छ ।

सोमबारबाट आइसीसीको दुबर्इ स्थित हेडक्वार्टरबाट ट्रफीको विश्व भ्रमण सुरु हुनेछ । यसले समर्थकहरुलार्इ क्रिकेटसँग जोड्न अझै सहयोग पुर्याउने आइसीसीको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री