बुधबार, १२ वैशाख २०८१

प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित

समयपोष्ट २०७५ भदौ १० गते ६:४८

कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् ।

Advertisement

यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार गरेका हुन् ।

उपकुलपतिको कार्यालयले यही भदौ ६ गते प्रा डा तेजबहादुर थापालाई विभागको प्रमुखमा नियुक्ति दिएपछि वरिष्ठ प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रमुख थापाभन्दा वरिष्ठ प्राध्यापकहरु सूूर्यरत्न गुभाजु, प्रा डा रञ्जना गुप्ता, प्रा डा रमेशकुमार श्रेष्ठ, प्रा डा कुमार सापकोटा तथा प्रा डा नन्दबहादुर सिंह रहेका छन् ।

प्रा. डा. नन्दबहादुर सिंहले विभागको ५३ वर्षको इतिहासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई प्रमुख बनाइएको बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री