शुक्रबार, १६ चैत २०८०

समाजवादी विद्यार्थी फोरमको संयोजकमा लिङ्दम

समयपोष्ट २०७५ भदौ १० गते ६:१८

इलाम, संघीय समाजवादी विद्यार्थी फोरम इलामको संयोजकमा राजकुमार लिङ्दम चयन हुनु भएको छ ।

Advertisement

फोरम नेपालको प्रथम एकताको महाधिवेशनलाई लक्षित गरी लिङदमको संयोजकत्वमा ४५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति शनिबार गठन गरिएको हो ।
समितिका सहसंयोजकमा रोचक लिम्बू र पवित्रा राई तथा सदस्य–सचिवमा शिल्पा राई चयन हुनुभएको छ ।
सदस्यहरुमा विपन लिम्बू, भीष्म मुखिया, तारावीर लिम्बू, सृष्टि खापुङ, रमिला राई, सुमन लिम्बू रहन्ु भएको छ ।

यसैबीच पुरन साँवाको संयोजक र सञ्जय चेम्जोङ सदस्य–सचिव रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस समिति दोस्रो अधिवेशन आयोजक समिति गठन भएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री