शुक्रबार, १४ वैशाख २०८१

प्रभु इन्स्योरेन्सको हकप्रदमा नबिकेको १ लाख ३७ हजार १६ कित्ता सेयर लिलामीमा

समयपोष्ट २०७५ भदौ १० गते ५:५७

प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रदमा नबिकेको १ लाख ३७ हजार १६ कित्ता हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले भदौ १७ देखि २४ गतेसम्म हकप्रदमा नबिकेको सेयर लिलामीमा राख्ने भएको हो ।

Advertisement

कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले ३१ लाख ६६ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दा प्रकृया पुर्याएर आवेदन दिनलार्इ ३० लाख २९ हजार ६६१ कित्ता हकप्रद बाँडफाँड गरिसकेको छ।

बाँडफाँड गरेर बाँकी संस्थापकतर्फ १५ हजार ८६१ कित्ता र सर्वसाधारण समुहतर्फ एक लाख २१ हजार १५४ कित्ता बोलकबोल लिलामबाट बिक्री गर्ने भएको हो । बोलकबोल लिलामको लागि न्युनतम १०० रुपैयाँदेखि आह्वान गर्न सक्नेछन्।

त्यस्तै न्युनतम १०० कित्ता देखि अधिकतम १० ले भाग जाने संख्यामा मागे जतिकै लागि आह्वान गर्न सकिनेछ। तर यस भन्दाअगाडि नै कायम शेयरधनीको हकमा बीमा समितिले तोकेको सिमा भन्दा माथि आह्वान गर्न पाइने छैन।

शिलबन्दी बोलपत्र खोल्ने मिति कम्पनीले अर्को सूचना प्रकाशित गरि जानकारी गरानेछ। आवेदनको लागि प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको शाखा कार्यालयहरु, विरगंज, विराटनगर, बुटवल, पोखरा, वीरेन्द्रनगर, सुर्खेत रोड नेपालगंज र धनगढी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री