बिहीबार, १३ वैशाख २०८१

निर्मला हत्या प्रकरण: बम दिदी बहिनी पक्राउ,एसपी विष्ट र मेयरका छोरा बारम्बार भेट्न पुग्थे

समयपोष्ट २०७५ भदौ ९ गते १४:३५

प्रहरीले कञ्चनपुर घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १८ बाट रोशनी र बबिता बम रहेका छन् । उनीहरु दिदी बहिनी हुन् भने सो घरमा उनीहरु बस्दै आएका थिए । उनका बाबुआमा भने पहाडको घर दार्चुलामा बस्दै आएका थिए ।

Advertisement

परिवारका अनुसार साउन १० गते बिहान ११ बजे निर्मला बबिता र रोशनीकहाँ पुगेकी थिइन् । तर, अपराह्न पाँच बजे सम्म पनि निर्मला नफर्किएपछि सोधखोज गर्दा बबिताले यथार्थ जानकारी दिनुको साटो रुखो जवाफ फर्काएकी थिइन् ।

सुरुमा बबिताले निर्मला दुई बजे त्यहाँबाट घर हिँडेको बताएपनि पछि ‘पोइल गइ होला’ भन्ने रुखो जवाफ फर्काएको बताइएको छ ।

स्थानीयका अनुसार उनीहरु कहाँ बारम्बार २ युवा पुग्ने गर्दथे । उनीहरु एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज भएको उनीहरुको दाबी छ ।

स्थानीयले रहस्यको केन्द्रमा रहेका ती दिदीबहिनीलाई पक्राउ गरेसँगै अब हत्या प्रकरण खुल्दै जाने अपेक्षा लिएका छन् ।

स्थानीयका अनुसार आरोपी दिदीबहिनी बस्दै आएको घर साढे दुई तल्ले रहेपनि भाडामा दिइएको थिएन ।

स्थानीयले सुरुदेखि नै त्यही घरबाट अनुसन्धान हुनुपर्ने माग गर्दै आएका थिए । तर, प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्नुको साटो उल्टै एक सुस्त मनस्थितिका मानिसलाई पक्राउ गरेपछि स्थानीय आक्रोशित बन्दै आन्दोलन चर्काएका थिए ।

पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री