आइतबार, १४ जेठ २०८०

निर्मला हत्याकाण्ड : नेकपा सचिवालयको आकस्मिक बैठकले यस्तो निर्णय

समयपोष्ट २०७५ भदौ ९ गते ७:१९

कञ्चनपुर घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकले दोषीलाई कडा कारबाही गर्ने निर्णय गरेको छ ।

Advertisement

बैठकमा पछिल्लो समय देशभरि बढिरहेका हत्या, बलात्कार जस्ता जघन्य अपराध र मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे आकस्मिक सचिवालय बैठकमा गम्भीर छलफल भएको नेकपाका एक नेताले बताए ।

बैठकमा कुनै पनि बाहानामा सामाजिक मूल्यमान्यताको विरुद्धमा जाने जोकोहीलाई पनि हदैसम्मको सजाय गर्न सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षाप्रति गम्भीर कदम चाल्ने निर्णय भएको बताइएको छ । साथै कसैले पनि अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न समेत अपील गर्ने निर्णय भएको नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले बताए ।

नेकपा सचिवालय बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबै व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउने निर्णय पनि गरेको छ । बैठकमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र राजधानीमा रहेका सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री