सोमबार, ७ जेठ २०८१

६० लाखमा ‘प्रेमचरी’

समयपोष्ट २०७५ साउन १९ गते ३:४८

प्रेमचरी’ नाम राखेर चलचित्र निर्माण हुने भएको छ । एसबिआर फिल्मस् र आई स्टार इन्टरनेसनल फिल्मस्को ब्यानरमा यो चलचित्र संजय श्री र मोनिका कुमारी ठाकुरले मिलेर बनाउन लागेका हुन् ।

Advertisement

बिचल किरातीले निर्देशन रहने चलचित्रको शुक्रबार मैतीदेवी मन्दिरमा शुभ–मुर्हूत गरिएको छ । मुहूर्तमा चलचित्रका कलाकार तथा प्राबिधिक पक्षको उपस्थिती रहेको थियो ।

प्रेम कथामा बन्न लागेको चलचित्रमा एक्सन समेत भरपुर हुने निर्माण युनिटले जनाएको छ । पुस्कर रेग्मी, रेश्मा सुवेदी, सपना ओली, संजय श्री र मनमोहन ठाकुर ( दिलिप)को मुख्य भूमिका रहने चलचित्र ६० लाखको बजेटमा निर्माण हुन लागेको हो ।

ओम सुनारको संगीत, रामजी लामिछानेको नृत्य, पवन गौतमको छायाँकन रहने चलचित्रको ६ भाद्रबाट छायाँकन सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री