शनिबार, १ कार्तिक २०८२

गरिमा विकास बैंक दक्षिण एसियाकै प्रतिष्ठित अवार्डबाट सम्मानित

समयपोष्ट २०८२ भदौ १५ गते १८:३१

गरिमा विकास बैंक लिमिटेडले इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित दक्षिण एसियाको प्रतिष्ठित इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् २०२५ मा दुई विधामा अवार्ड प्राप्त गरी सम्मानित भएको छ। अगस्ट २९, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित तेस्रो संस्करणको उक्त कार्यक्रममा बैंकले The Best Bank / Best AI/ML Implementation विधामा उत्कृष्ट ठहरिँदै अवार्ड प्राप्त गरेको छ भने Best MSME Acceleration विधामा Runner-up को अवार्ड हासिल गरेको छ।

यो अवार्डमा नेपाल, भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो। शुक्रबार आयोजित उक्त समारोहमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत  अनिल रेग्मीले संयुक्त रूपमा अवार्ड ग्रहण गर्नुभयो।

यसअघि सन् २०२४ मा आयोजित दोस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् मा पनि गरिमा विकास बैंकले Best Assets Management विधामा Runner-up को अवार्ड प्राप्त गरेको थियो। यो लगातार दोस्रो पटकको सम्मानले बैंकको उत्कृष्टता र प्रतिबद्धतालाई थप उजागर गरेको छ।

यो उपाधिले ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप ऊर्जा प्रदान गरेको छ। बैंकले आफ्ना सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी र शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। साथै, बैंकलाई उत्कृष्ट विकास बैंकको रूपमा स्थापित गर्न अहोरात्र खट्ने सम्पूर्ण कर्मचारीहरूप्रति आभार प्रकट गरेको छ।

हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएममार्फत नवीनतम डिजिटल बैंकिङ सेवासहित सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री