आइतबार, २ कार्तिक २०८२

महालक्ष्मी विकास बैंकलाई भारतमा प्रतिष्ठित “सम्पती गुणस्तर” अवार्ड

समयपोष्ट २०८२ भदौ १५ गते १७:४६

Advertisement

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ सुविधा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतद्वारा आयोजित प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। बैंकले “सम्पती गुणस्तर” विधामा यो सम्मान हासिल गरेको हो।

अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा महालक्ष्मी विकास बैंकले यो अवार्ड प्राप्त गरेको हो। बिमस्टेक क्षेत्रको सबैभन्दा प्रतिष्ठित यो बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो।

बैंकले सम्पतीको संरचना, प्रभावकारी परिचालन र सम्पतीको गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याएबापत यो सम्मान प्राप्त गरेको हो। यो अवार्डले अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

यसैबीच, महालक्ष्मी विकास बैंकले हालै भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी. बैंकसँग सीमा–पार वित्तीय सेवाहरू प्रवद्र्धन गर्न र भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यलाई सहज बनाउन समझदारी गरेको छ। यो समझदारीअनुसार बैंकले ग्राहकहरूले भारतबाट नेपालमा सहजै भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री