शनिबार, १ कार्तिक २०८२

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०८२ भदौ १५ गते ११:३५

Advertisement

बन्दीपुर केवलकार कम्पनी लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको छ।

कम्पनीले कुल २ अर्ब ८३ करोड रुपैयाँ जारी पुँजीको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको हो। जसमध्ये ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि, ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीहरूका लागि र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको बाँडफाँट सम्पन्न भइसकेको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको छ। यो सेयरको कुल मूल्य ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ रहेको छ।

लगानीकर्ताहरूलाई न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री