बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समिति गठन
समयपोष्ट
२०८२ भदौ १३ गते ११:०२
नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा अर्थ सचिव घनश्याम उपाध्याय सदस्य र डा. खोमराज खरेल विज्ञ सदस्यका रूपमा समावेश छन्। समितिलाई योग्य उम्मेदवारहरूको नामावली तयार गरी सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।
यसअघि, गत फागुनमा अध्यक्षमा नियुक्त शरद ओझालाई सरकारले पद आचरण नपुगेको र कार्यसम्पादन मूल्याङ्कन कमजोर भएको भन्दै साउन महिनामा बर्खास्त गरेको थियो। ओझाको बर्खास्तीपछि रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि यो समिति गठन गरिएको हो।
प्रतिक्रिया