बिहीबार, ३० असोज २०८२

नाडा अटो शो २०२५ : प्रधानमन्त्रीद्वारा नेपालकै पहिलो फ्लाइङ कार Deepal eVTOL को उद्घाटन

समयपोष्ट २०८२ भदौ ३ गते १८:०७


नेपालको सबैभन्दा ठूलो अटोमोबाइल मेला, नाडा अटो शो २०२५ को पहिलो दिनमै इतिहास रचिएको छ। यस वर्षको शो विशेष र फरक छ किनभने यहाँ पहिलो पटक फ्लाइङ कार डीपल eVTOL प्रदर्शित भएको छ। एमएडब्लु वृद्धि ग्रुपले विश्वस्तरीय ब्रान्डहरू नेपालमा ल्याएर भविष्यको यातायातलाई आधुनिक र अग्रगामी बनाउने दृष्टिकोणलाई यो अनावरणले थप स्पष्ट पारेको छ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली, एमएडब्लु वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा डीपल eVTOL को अनावरण गरेका छन्। यो ऐतिहासिक क्षणमा अध्यक्ष अग्रवालले भने, “नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो।” त्यस्तै, प्रबन्ध निर्देशक सिकरियाले थपे, “नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिन सक्ने यो प्रविधि ल्याउन पाउँदा हामीलाई गर्व छ।”

डीपल eVTOL केवल नयाँ गाडी होइन, यो चांगान अटोमोबाइल र EHang को सहकार्यबाट विकसित व्यक्तिगत हवाई यातायातको आधुनिक समाधान हो। चांगान अटोमोबाइलको नयाँ इनर्जी सब-ब्रान्ड डीपल र विश्वकै अग्रणी अटोनोमस हवाई सवारी निर्माता EHang ले यो फ्लाइङ कार निर्माण गरेका हुन्। यी दुई कम्पनीको साझा लक्ष्य अटोनोमस उडान प्रविधिमा आधारित eVTOL लाई विकास, उत्पादन र बजारमा ल्याउनु हो।

डीपल eVTOL सीधै माथि उड्ने र भुइँमा अवतरण गर्न सक्षम छ, जसले सडकको भीड, ध्वनि प्रदूषण र कार्बन उत्सर्जन कम गर्न सहयोग गर्छ। यसको अत्याधुनिक इलेक्ट्रिक प्रपल्सन प्रविधि र हवाई इन्जिनियरिङको संयोजनले यो सवारीलाई सुरक्षित, वातावरणमैत्री र सर्वसाधारणका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखिएको छ। यसको आकर्षक डिजाइन र स्मार्ट प्रविधिले यातायात अब सडकमा मात्र सीमित नरहेर आकाशसम्म फैलिएको देखाउँछ।

एमएडब्लु वृद्धि ग्रुपले नेपालमा विश्वस्तरीय सवारी अनुभव प्रदान गर्दै आएको छ। नाडा अटो शो २०२५ मा डीपल eVTOL को प्रदर्शनले कम्पनीको भविष्यको यातायातप्रतिको प्रतिबद्धता झल्काउँछ। चांगानले सन् २०३० सम्ममा यस्ता आधुनिक यातायात समाधानहरूमा २.७६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री