नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच विशेष छुट सम्झौता

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड, र मकवानपुरको थाहा नगरपालिका–१३, बज्रबाराहीमा अवस्थित ओम अध्याय रिट्रिट प्रा.लि. बीच विशेष सम्झौता भएको छ।
यो सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता भएका ग्राहकहरूले रिट्रिटले प्रदान गर्ने सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्।
सम्झौताबमोजिम ओम अध्याय रिट्रिटले प्रदान गर्ने रिसोर्टका विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। यो सुविधाले बैंकका कर्मचारी र ग्राहकहरूलाई रमणीय वातावरणमा रिट्रिटका सेवाहरू किफायती मूल्यमा उपभोग गर्ने अवसर प्रदान गर्नेछ।
सम्झौतामा २०८२ साल भदौ २ गते हस्ताक्षर गरिएको छ। नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लि. को तर्फबाट बिक्री निर्देशक सुजन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।




























प्रतिक्रिया