शनिबार, १५ कार्तिक २०८२

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता: ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

समयपोष्ट २०८२ साउन ३० गते १६:४२


कुमारी बैंक लिमिटेड र नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड) बीच कुमारी बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

Advertisement

यो सम्झौता अनुसार, हस्पिटलले प्रदान गर्ने इनपेशेन्ट र आउटपेशेन्ट सेवाहरूमा ग्राहकहरूले अधिकतम १०% सम्म छुट प्राप्त गर्नेछन्।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकहरूलाई सुरक्षित, विश्वसनीय र उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ। ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै, बैंकले स्वदेश र विदेशका ख्यातिप्राप्त अस्पतालहरूसँग छुटसम्बन्धी सम्झौताहरू गर्दै आएको छ। यी सम्झौताहरूले ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गरेको छ।

बदलिँदो समयको मागअनुसार सेवामा सुधार र विस्तारको आवश्यकतालाई आत्मसात गर्दै, कुमारी बैंकले आगामी दिनमा थप सुलभ र व्यापक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री