बिहीबार, ६ कार्तिक २०८२

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क २२.८६% वृद्धि

समयपोष्ट २०८२ साउन २८ गते २२:४१

Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा २२.८६ प्रतिशतले वृद्धि भएको छ, तर खुद नाफामा भने कमी आएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब ७२ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो। यद्यपि, कम्पनीको खुद नाफा १२.५३ प्रतिशतले घटेर ४० करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफामा आएको कमीले इन्स्योरेन्सको प्रतिशेयर आम्दानी (EPS) मा पनि प्रभाव परेको छ। समीक्षा अवधिमा EPS २ रुपैयाँ २० पैसाले घटेर १५ रुपैयाँ ३७ पैसा कायम भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ १२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) ४०.२३ गुणा रहेको छ।

Advertisement

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। त्यस्तै, विशेष जगेडामा २ अर्ब ५५ करोड रुपैयाँ, जगेडा कोषमा २२ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ सञ्चित रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री