बिहीबार, ३० असोज २०८२

नाइमा मोबिलिटी एक्स्पो एक लाखले गरे अवलोकन, साढे तेह्र सय भन्दा बढी गाडी बुक्ड

समयपोष्ट २०८२ साउन २७ गते १३:०८


नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भृकुटीमण्डपमा ६ दिनसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबार साँझ समापन भएको छ। एक्स्पोमा १ लाखभन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाएको नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन्।

Advertisement

एक्स्पोमा चार पांग्रे र दुई पांग्रे सवारी साधनहरू प्रदर्शनमा राखिएका थिए। विशेषगरी विद्युतीय सवारी साधनले बजारमा बोलवाला कायम गरेको थियो। यो वर्षको एक्स्पोमा सबैभन्दा धेरै बीवाइडीका गाडीहरू बुक भएका छन्। नाइमाले उपलब्ध गराएको तथ्यांकअनुसार विभिन्न कम्पनीका गाडी बुकिङको विवरण निम्नानुसार छ:

चार पांग्रे सवारी साधन बुकिङ:

बीवाइडी: ८०० भन्दा बढी

हुन्डाई: २५० भन्दा बढी

Advertisement

लिपमोटर: १७५ युनिट

फोर्थिङ फ्राइडे: ३८ वटा

एलएअस अटो: ३७ वटा

फक्सवागन: २८ वटा

टोयोटा: २६ वटा

ट्यांक-५००: १७ वटा

दुई पांग्रे सवारी साधन बुकिङ:

एथर स्कुटर: १५० भन्दा बढी

केटीएम: २०० युनिट

बेनेलि (मोर्बिडिलेज): ८० वटा

प्रदर्शनीमा सहभागी ब्रान्डहरू

चार पांग्रे सवारीतर्फ बीवाइडी, सिट्रोन, फोर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लिपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागेन र जीकर ब्रान्डहरू प्रदर्शनीमा सहभागी थिए।

दुई पांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनेलि, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोले आफ्नो उपस्थिति जनाएका थिए।

कमर्शियल सवारी साधनतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ प्रदर्शनमा राखिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री