सोमबार, १९ साउन २०८२

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा (तस्विरसहित)

समयपोष्ट २०८२ साउन १९ गते १७:३६

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन आज तुर्कमेनिस्तान आइपुगेका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार दिउँसो २:३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहरस्थित तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उहाँको स्वागतमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायत उपस्थित थिए।

साउन २० देखि २३ गतेसम्म (अगस्ट ५ देखि ८) आवाजा सहरमा आयोजना हुने यस सम्मेलनमा प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सहभागी भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री