बागमतीको मुख्यमन्त्रीमा बानियाँले गरे दाबी पेस
समयपोष्ट
२०८२ साउन १९ गते १६:०८
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।
सोमबार सत्ता गठबन्धन दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा उनले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाएका हुन्।
कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित बानियाँले मुख्यमन्त्री पदमा दाबी गरेका छन्। प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको थियो।
प्रतिक्रिया