नेपालबाट कोरियाले ५ हजार ३०० कामदार लैजाने, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
समयपोष्ट
२०८२ साउन १९ गते १५:२०
इपीएस ग्वार्को शाखाले सन् २०२५ का लागि नयाँ परिक्षा र कोटा निर्धारण गरेर सूचना प्रकाशित गरेको छ। सूचनाअनुसार सन् २०२५ मा कृषि र उद्योग क्षेत्रका लागि कुल ५,३०० जना कामदारको कोटा निर्धारण गरिएको छ।
जसअन्तर्गत कृषि क्षेत्रमा ३,५०० र उद्योग क्षेत्रमा १,८०० जना इपीएस भाषा परिक्षा उत्तीर्ण गरेर दक्षिण कोरिया जाने अवसर प्राप्त गर्नेछन्। इपीएस शाखाले एक व्यक्तिले एक क्षेत्रमा मात्र आवेदन फारम भर्न पाउने व्यवस्था गरेको छ।
आवेदन फारम भर्ने मिति २०८२ साउन २६ गतेदेखि ३१ गतेसम्म तोकिएको छ। परिक्षा तालिका भने पछि प्रकाशित गरिने इपीएस ग्वार्को शाखाले जनाएको छ।
प्रतिक्रिया